८. कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले पालन गर्नु पर्ने शर्तहरू
इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्तिले कार्यक्रम प्रसारण गर्दा नियम ९ को अधिनमा रही देहायका शर्तहरू पालन गर्नु पर्नेछ ः
(क) कार्यक्रम प्रसारण वा वितरण गर्दा सम्बन्धित प्रसारण संस्था, व्यक्ति वा निजका आधिकारिक वितरकको सहमति लिनु पर्ने,
तर निशुल्क च्यानलको हकमा सहमति लिन आवश्यक पर्ने छैन ।
(ख) एउटा प्रसारण संस्था वा व्यक्तिले प्राप्त गरेको इजाजतपत्र वा अनुमतिपत्र अन्य कुनै व्यक्ति वा संस्थालाई बिक्री गर्न वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्न नपाइने,
(ग) इजाजतपत्र तथा अनुमतिपत्रमा उल्लेखित कार्यक्रम बाहेकका अन्य कुनै कार्यक्रम प्रसारण वा वितरण गर्न नपाइने,
(ग१) केबुल वा भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम वितरण गर्ने प्रणालीमा आधारित भई टेलिभिजन प्रसारण गर्दा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको मापदण्ड बमोजिमको स्टुडियो तथा प्रविधिको प्रयोग गर्नु पर्ने,
(ग२) डिजिटल प्रविधिमा आधारित प्रसारण केन्द्र स्थापना गरी अन्य व्यक्ति वा संगठित संस्थालाई सिग्नल बितरण गर्दा यस नियमावली बमोजिम केबुलको माध्यमबाट कार्यक्रम प्रसारण गर्ने इजाजतपत्र प्राप्त व्यक्ति वा संगठित संस्थालाई मात्र वितरण गर्न सक्ने,
(ग३) अन्य व्यक्ति वा संगठित संस्थाले स्थापना गरेको डिजिटल प्रविधिमा आधारित प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी प्रसारण गर्ने व्यक्ति वा संगठित संस्थाले जसको प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरेको हो सोही इजाजातपत्रवालाले प्रसारणमा प्रयोग गरेको चिन्ह, संकेत वा लोगो (कल साइन) मात्र प्रयोग गर्नु पर्ने,
(ग४) इजाजतपत्रमा उल्लिखित प्रविधिको प्रयोग गरी इजाजतपत्रमा उल्लिखित स्थानबाट कार्यक्रम प्रसारण गर्नु पर्ने,
(ग५) भू–सतही माध्यमबाट टेलिभिजन प्रसारण गर्ने इजाजतपत्र लिएको व्यक्ति वा सङ्गठित संस्थाले केबुल वा भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम वितरण गर्ने प्रणाली (डाइरेक्ट टु होम) मार्फत कार्यक्रम वितरण गर्न नपाउने,
(ग६) डिजिटल प्रविधिमा आधारित प्रसारण केन्द्र स्थापना गरी सिग्नल वितरण गर्न इजाजतपत्र लिएका व्यक्ति वा सङ्गठित संस्थाले त्यस्तो प्रसारण केन्द्रबाट सिग्नल प्राप्त गरी केबुलको माध्यमबाट कार्यक्रम प्रसारण गर्न इजाजतपत्र लिएका व्यक्ति वा संस्थालाई सिग्नल वितरण गर्न इन्कार गर्न नपाउने,
(घ) प्रसारण संस्थाले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका प्रसारण संस्थाबाट सञ्चालित कम्तीमा दुईवटा च्यानल प्रसारण गर्नु पर्ने र अन्य नेपाली राष्ट्रिय च्यानलहरुलाई पनि प्रसारणमा प्राथमिकता दिनु पर्ने,
(ङ) आपत्कालीन वा दैवी प्रकोपको समयमा मन्त्रालयबाट निर्देशन भएमा एक पटकमा पाँच मिनेटसम्म र दैनिक ६ घण्टासम्म सरकारी सूचनाहरू निशुल्क प्रसारण गर्नु पर्ने,
(च) …………………
(छ) कार्यक्रम प्रसारण वा वितरण गर्दा कसैको व्यक्तिगत घर कम्पाउण्ड वा सार्वजनिक जग्गा वा सडक, बिजुलीको खम्बा आदि प्रयोग गर्नु पर्ने भए सम्बन्धित व्यक्ति वा निकायसंग सम्झौता गर्नुपर्ने,
(छ१) सशुल्क च्यानेलको सिग्नल माग गर्ने इजाजतपत्र वा अनुमतिपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थालाई समान रूपमा सिग्नल उपलब्ध गराउनु पर्ने,
(ज) कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्ति र उपभोक्ता बीच कार्यक्रम वितरण तथा उपभोग गर्ने सम्बन्धमा सम्झौता गर्नु पर्ने,
(झ) कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले कार्यक्रम प्रसारणको आरम्भ, बीच र अन्त्यमा आफ्नो परिचय (कल साइन) दिनु पर्ने ।
(झ१) हेडइण्ड शेयरिङ्ग गर्न नमिल्ने, तर प्राकृतिक तथा मानवीय प्रकोप जस्ता घटनाको कारणले कुनै सेवा प्रदायकले आफ्नो सेवा दिन नसक्ने भएमा सो सम्बन्धमा मन्त्रालयलाई जानकारी गराई अधिकतम छ महिनासम्मको लागि अर्को डिजिटल केबलको सिग्नल लिई सेवालाई निरन्तरता दिने प्रयोजनको लागि हेडइण्ड शेयरिङ्ग गर्न सकिनेछ ।
(झ२) नियम ४ को उपनियम (१) को खण्ड (क) र खण्ड (ग) बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति, वा सङ्गठित संस्थाले सि.ए.एस/एस.एम.एस. को पत्येक महिनाको विवरण मन्त्रालयलाई गराई सोको: वार्षिक रुपमा प्राविधिक लेखापरीक्षण समेत गराउनु पर्ने,
(झ३) ओ.टि.टि. सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले आफ्ना नियमहरू, गोपनीयताको नीति, प्रसारकको कम्प्युटर स्रोतको पहुँच वा प्रयोगको लागि प्रयोगकर्ता सम्झौता प्रकाशन गर्नु पर्ने,
(झ४) ओ.टि.टि.सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले प्रसारण गर्ने कार्यक्रममा कुनै कम्प्युटर स्रोतहरूको कार्यक्षमतालाई अवरोध गर्न, नष्ट गर्न वा सीमित गर्न डिजाइन गरिएको सफ्टवेयर भाइरस वा अन्य कुनै कम्प्युटर कोड, फाइलहरू वा प्रोग्रामहरू समावेश गर्नु वा गराउन नहुने,
(झ५) इन्टरनेटको माध्यमबाट -प्रसारण गर्ने गरी इजाजतपत्र प्राप्त गरेको अनलाइन टेलिभिजनले अन्य वितरण प्रणालीको माध्यमबाट टेलिभिजन कार्यक्रम प्रसारण गर्नु अघि_ यस नियमावली बमोजिम अनुमति लिनु पर्ने, (झ६) प्रदेश सरकारबाट इजाजतपत्र प्राप्त टेलिभिजनले. राष्ट्रियस्तरका वितरण प्रणाली -मार्फत नेपालभित्र कार्यक्रम प्रसारण गर्नको लागि मन्त्राल
यबाट अनुमति लिनु पर्ने,
(झ७) ओ.टि.टि. सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले आफ्नो वेबसाइटमा गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्बर सहितको विवरण राख्नु पर्ने र गुनासो प्राप्त भएको मितिले तीस दिनभित्र गुनासो सुन्ने अधिकारीले प्राप्त गुनासोको सम्बोधन गर्नु पर्ने,
(झ८) ओ.टि.टि. सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले कम्तीमा साठी दिनको अवधिको लागि आफूले प्रसारण गरेका सामग्रीहरूको अभिलेख सुरक्षित राख्नु पर्नेछ र अनुसन्धान वा छानबिनको क्रममा मन्त्रालय वा अन्य कुनै : सरकारी निकायले त्यस्ता अभिलेख माग गरेमा उपलव्ध गराउनु पर्ने,
(ञ) मन्त्रालयले आवश्यक सम्झी तोकी दिएका अन्य शर्तहरू पालन गर्नु पर्ने ।
(झ१०) डिजिटल कार्यक्रम वितरक संस्थाले सम्बन्धित डिजिटल कार्यक्रमको सर्भर, स्टोरेज जस्ता पूर्वाधारको व्यवस्था नेपालभित्र गरी जुनसुकै बितरण प्रणालीको इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थालाई माग ८ अनुसार डिजिटल कार्यक्रम बिना भेदभाव : समान हिसाबले उपलब्ध गराउनु पर्ने,